एक सातामा मलेसिया जेलमा रहेका १८ जना नेपालीकाे उद्धार


काठमाडाैं – वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेर त्यहाँ जेल जीवन विताइरहेका १८ जना नेपाली स्वदेश आइपुगेका छन्। नेपाली दूतावास, एनआरएनए मलेसिया र आइओएमको सहयोगमा उनीहरूलाई नेपाल ल्याइएकाे हाे । एक साता अघि १२ जना, जनवरी ३० मा १ जना र विहीबार ३ जना गरी १८ जना नेपाली स्वदेश आइपुगेका हुन्।

‘धेरै लामो पहलपछि बल्ल १८ जना नेपाली घर फर्कन पाएका छन,’ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराइले भने, ‘बाँकीहरुको लागि पनि पहल गरिराखेका छौं।’ उनका अनुसार मलेसियाको विभिन्न जेलमा अझै ८० जना नेपाली छन।

एनआरएन मलेसियाले बाँकी जेलमा रहेका कामदार स्वदश फर्काउन पहल गरेपनि उनीहरु कहिले नेपाल आइपुग्छन भन्ने टुंगो छैन। नेपाल फर्कन उनीहरूलाई हवाइ टिकटको आवश्यक पर्छ भने पिसिआर टेष्ट पनि गर्नु पर्ने हुन्छ।

नेपाल आइपुगेका १८ जनालाई भने आइओएमले हवाइ टिकटको ब्यवस्था मिलाएको थियो। पिसिआर टेष्ट मलेसियन सरकार र अन्य व्यवस्थाहरू एनआरएनए मलेसियाले गरेको हो।

वैदेशिक रोजगारीमा गएकाहरु भनेको जस्तो काम नपाएपछि कम्पनीहरु परिवर्तन गर्न बाध्य हुन्छन। उनीहरु अवैधानिक रुपमा बस्न थाल्छन। यसरी अवैध रुपमा बसेपछि समयम समयमा प्रहरीले छापा मार्ने गर्छ । त्यही बखत पक्राउ परेका ८० जना नेपाली अहिले जेलमा छन्।

प्रतिक्रिया