

वनअधिकृतलाई दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ

वीरगञ्ज – बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् ।
वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।
वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।
घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

