गठबन्धनका १० दलबाट ३ जना उम्मेदवारी दिने निर्णय


काठमाडौं – सत्ता गठबन्धनबाट ३ जनाले उम्मेदवारी दिने निर्णय भएको छ ।

सत्ता गठबन्धनको बैठकपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीबाट ममता झाले उम्मेदवारी दिने निर्णय भएको जनाएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट पनि एक महिला र एक पुरुष गरी २जनाले उम्मेदवारी दर्ता गराउने भोलीसम्म गठबन्धनको बैठकबाट एक जनाको नाममा निर्णय गरिने जनाइएको छ ।

उपराष्ट्रपतिको उम्मेदवार चयनका लागि सत्ता गठबन्धनका १० दलको बैठक बसेको  थियो । उक्त बैठकमा प्रभु साह नेतृत्वको दल पनि समावेश भएको थियो ।

निर्वाचन आयोगले महिलालाई उम्मेदवार बनाउन गरेको अनुरोधलाई स्वीकार्दै गठबन्धनले दुई महिलासहित एक पुरुषले समेत उम्मेदवारी दिने जनाएको हो । भोलीसम्म एक जनाको नाममा निर्णय गर्दै अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिने पनि सिके राउतले जनाएका छन् ।

उता नेकपा एमालेले भने पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया