

प्रहरीले समात्यो स्रोत नखुलेको १९ लाख, को हुन् ति दुई युवती?

काठमाडौं– स्रोत नखुलेको १९ लाख रकमसहित नेपाल प्रहरीले दुई युवतीलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट प्रहरीले बुधबार दिउँसो ताकेश्वर नगरपालिका–७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका–१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाईलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जनसेवा वृत्तले जनाएको छ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ।

