

नुहाउन लाग्दा नहरमा डुबेर २ किशोरको मृत्यु

बाँके – कोहलपुर नगरपालिका-१३ बन्दास्थित नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका वडा नं. १२ बस्ने १५ वर्षीय अनिल भट्टराई र मनसुन बरालको नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो निधन भएको जनाइएको छ ।
नुहाउने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

