सफाइ पाएका चार मुद्दामा अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन


काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। विशेष अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रवक्ता थपलियाका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानी नोक्सानी, राजश्व हिनामिना र गलत लिखतसम्बन्धी गरी चार मुद्दामा आयोगको निर्णयअनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो।

दिनेश अर्याल,दीपिका रेग्मी,डोमा शेर्पा र कृष्णकुमार नेपालविरुद्ध मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो।

प्रतिक्रिया