

रामेछापमा जन्ती सवार जिप दुर्घटना, १५ जना घाइते

काठमाडौं – रामेछापमा जन्ती बोकेको बोलेरो दुर्घटना भएको छ । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर-५ बाट वडा नम्बर-६ तर्फ जाँदै गरेको बा.८च ७२७३ नम्बरको बोलेरो दुर्घटना भएको रामेछापका डिएसपी होम पराजुलीले बताए ।
दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् । जिपमा २५ जना यात्रु सवार थिए । दुर्घटनामा परेर दोरम्बा सैलुङ–५ घर भएका बेहुला अनिल श्रेष्ठ र बेहुली सरस्वती श्रेष्ठ पनि घाइते भएका छन् । अरु १५ जना घाइतेलाई प्रहरीले काठमाडौंतर्फ पठाएको छ ।
रजमन्टारबाट जागुतर्फ जाँदै गरेको जिप खैरखोला भित्री कच्ची सडक खण्डमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

