नेपाल र युएई आज भिड्दै


काठमाडौं – यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपाल घरेलु टोली युएईबीच खेल हुँदैछ ।

नेपाल र यूएईबीचको सिरिजको अन्तिम खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ ।

यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाली टोलीमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल चोटका कारण खेल्ने छैनन् भने उनको स्थानमा सन्दीप जोराले स्थान बनाएका छन् ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाली टोली:
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र सन्दीप लामिछाने

प्रतिक्रिया