राजधानीको बौद्धबाट जुवा खेल्दै गरेका १५ जना पक्राउ


काठमाडौं — काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सोमबार साँझ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया