जंगलमा बेवारिसे ६ नाल भरुवा बन्दुक भेटियो


रुकुम पूर्व – जिल्लाको भूमे गाउँपालिका–३ मा ६ नाल भरुवा बन्दुक फेला परेका छन्। भूमे–३ तुनबाङ खोलाको जङ्गलमा सोमबार बेवारिसे ६ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

५ साबुत चल्न सक्ने र एक बेसाबुत चल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्। डिएसपी श्रेष्ठका अनुसार ती भरुवा बन्दुक जङ्गलमा बेवारिसे अवस्थामा फेला परेका हुन्।

ती बन्दुक कसले र किन राख्यो भनेर पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। यस विषयमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताइन्।

प्रतिक्रिया