हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु


हेटौंडा – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको मृत्यु भएको छ।

करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारी सोमबार बिहान हात्तीको आक्रमणबाट घाइते भएकी थिइन्।

अधिकारीको उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका छन्।

स्थानीयको तोडफोडका कारण सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको छ।

प्रतिक्रिया