नेपाली सेनामा अधिकृत क्याडेटका लागि खुल्यो जागिर, २ सय जनालाई अवसर यस्तो छ


काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेटका लागि २ सय जनालाई रोजगारीको अवसर दिने भएको छ। एक विज्ञापन प्रकाशित गरी नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले रोजगारी खुलेको जनाएको हो।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रका लागि खुलाएको हो।

२१ फागुनसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

https://gorkhapatraonline.com/viewer?file=https://gorkhapatraonline.com/ArchiveNewsFile/601b4a6c6dfdd_gopa_pdf.pdf

प्रतिक्रिया