
बालाजु वृत्तबाट तानिए डिएसपी विष्ट, कुँवरलाई पठाइयो
काठमाडौं – प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरिक्षक (डीएसपी) रविन विष्ट तानिएका छन् ।
उनको स्थानमा त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा रहेका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बालाजु क्षेत्रमा सोमबार भएको आगजनी र लुटपाटको घटनामा उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै डीएसपी विष्टलाई फिर्ता बोलाएको हो ।
सोमबार बालाजु क्षेत्रमा भएको प्रदर्शनमा बालाजु प्रहरी वृत्तका २ सवारी साधनमा आगजनी भएका थिए । त्यस्तै प्रर्दशनकारीहरूले केही पसलहरूमा लुटपाटसमेत गरेका थिए ।
यातायात मजदुरहरूले मंगलबारदेिख उपत्यकाभित्र सार्वजनिक यातायात बन्दकाे घाेषणासमेत गरेका थिए। बिहान सरकारसँगकाे वार्तापछि आन्दोलन फिर्ता गर्न उनीहरू सहमत भएका छन्।



कागजपत्र |
