

बलिउडमा डेब्यू गर्दै विजय देबरकोण्डा

मुम्बई – साउथ सुपरस्टार विजय देवरकोंडा बलिउडमा डेब्यू गर्ने भएका छन्। ‘अर्जुन रेड्डी’ जस्ता फिल्महरूमा मुख्य भूमिका निभाएका दक्षिण सुपरस्टार विजय देवरकोंडा करण जोहरको फिल्मबाट बलिउडमा कदम राख्ने भएका हुन् ।
करण जोहरको प्रोजेक्शन ‘लाइगर’ मा विजयको नै मुख्य भूमिका रहेको छ । जुन पुरी जगन्नाथ निर्देशन गर्नेछन्।
विजयले करण जोहरसँग ‘लाइगर’ मात्र फिल्ममा काम गर्ने छैनन्। विजयले करणका साथ अन्य दुई फिल्ममा पनि काम गर्ने बताइएको छ।
विजयले एकै साथ तीन फिल्ममा काम गर्न करिब १०० करोड भारतीय रुपैयाँ शुल्क लिएको बताइएको छ। विजय लाइगर फिल्ममा एक्सन अवतारमा देखिँदैछन् ।
दोस्रो फिल्ममा भने विजयले रोमान्टिक फिल्म गर्ने छन्। दोस्रो फिल्म ठेट जोहर शैलीमा हुनेछ, जसमा रोमान्स देखाइनेछ। उक्त फिल्म बनाउन अहिले स्क्रिप्ट तयार पार्ने काम भइरहेको छ।

