

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालत पाटन ललितपुरले २०७९ मंसिर २३ गतेको आठ लाख जरिवाना र तीन दिन कैद सजाय तोकी फरार रहेका जिल्ला झापाको दमकका दिनेश खतिवडालाई पक्राउ गरेको हो ।
हाल काठमाडौंको भिमसेनगोला बस्ने ४३ वर्षीय खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीको भनाइ छ ।

