सशस्त्र डिआईजी बढुवाका लागि ४ जना सिफारिस, को-को भए त सिफारिस ? (सूचीसहित)


काठमाडौं – गृहमन्त्रालयले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

गृहमन्त्रालयको बुधबारको निर्णयअनुसार बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ रहेका छन् भने अञ्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा सिफारिस भएका छन् ।

सशस्त्र बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुमध्येबाट ४ जनालाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम बढुवाको सिफारिस गरिएको जनाइएको छ ।

May be an image of text

 

प्रतिक्रिया