लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा


काठमाडाैं – हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्साको वीरगन्जस्थित रक्सौल सडकखण्डबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो । साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको शस्त्र प्रहरी नायब उपरीक्षकशैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया