

अख्तियारका कार्यवाहक अध्यक्ष डा. गणेशराज जोशीले राजीनामा दिने

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक अध्यक्ष डा. गणेशराज जोशीले राजीनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने उनको तयारी रहेका बताइएको छ ।
आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर आफुले काम गर्न नसक्ने कारण देखाउँदै उनले राजीनामा दिन लागेका हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजीनामा दिन लागेका हुन् ।
जोशी र आयोगकी आयुक्त डा.सावित्री थापा गुरुङ बुधबार कार्यालय गएका छैनन् । आयुक्त गुरुङले भने राजिनामा दिने र नदिने तय भइसकेको छैन ।
अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेम कुमार राई, आयुक्तहरू जयबहादुर चन्द र किशोर कुमार सिलवालको बुधबार दिउँसो साढे १२ बजे आयोगमा पदभार ग्रहण गर्ने तयारी छ । बुधबार बिहान उनीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिइसकेका छन् ।

