कञ्चनपुरमा एक भारतीय नागरिक मृत फेला


कञ्चनपुर – कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन् ।

चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया