

स्पट फिक्सिङको आरोपमा थप एक क्रिकेट खेलाडी गुप्ता पक्राउ

काठमाडौं – स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबी टोलीले पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई आज पक्राउ गरेको हो ।
गत महिना काठमाडौंमा भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।
ब्युरोका प्रवक्ता तथा एसपी कमल थापाले एजेन्टको काम गरेको पाइएपछि गुप्तालाई पक्राउ गरिएको जानकारी दिए ।
ब्युरोले यसअघि दुईजनालाई पक्राउ गरेको थियो । पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धान चलिरहेको छ ।

