ट्रायल सेन्टरबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ


वीरगन्ज – सवारी चालक अनुमतिपत्रका लागि लिइने ट्रायल परीक्षाको ट्रायल सेन्टरबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ गरेका छन्। वीरगन्ज महानगरपालिका-२३ स्थित ट्रायल सेन्टरबाट आइतबार दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ३६ वर्षीय निजामोदिन अन्सारी र वीरगन्ज महानगरपालिका-२४ का २० वर्षीय सर्दुन अन्सारी रहेका छन्।

ट्रायल सेन्टरमा सुरक्षार्थका लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अरू परीक्षार्थीका नाममा लिखित ट्रायल दिने क्रममा कृते हाजिरी गरेको अवस्थामा अन्सारीद्वयलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवत्तःा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया