सुदूरको सुरक्षाका लागि ‘३ मूलमन्त्र’सहित अघि बढ्दै डिआईजी सिंह


धनगढी – सुदूरपश्चिम प्रदेश कमाण्ड सम्हालेसँगै प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले सुरक्षा व्यवस्था कडाई गरेका छन् । कमाण्डसम्हाल्ने बित्तिकै प्रदेशको सुरक्षा अवस्था र व्यवस्थाका बारेमा आफूले जिम्मेवारी लिएको बताए ।

डिआईजी तीनवटा लेयर बनाएर सुदूरपश्चिम प्रदेशको सुरक्षा व्यवस्था सबल बनाउने दाबी गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशको सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाउनका लागि विभिन्न मुख्य ३ क्षेत्रमा विभाजन गरेर काम अगाडि बढाउने बताएका छन् ।

– सीमा सुरक्षा व्यवस्थापन

– हाइवे सुरक्षा व्यवस्थापन

– सिटि सेक्युरिटि म्यानेजमेन्ट

कञ्चनपुर र कैलालीका खुला सीमानाकाबाट अवैध रुपमा चोरी निकासी रोकिएको पनि सिंहले बताए । उनले तस्करी हुने नाकाहरुमा गस्ती बढाएको जनाउँदै भन्सार कार्यालय रहेको नाकामा राजस्व संकलनमा वृद्धि भएको पनि डिआईजी सिंहले बताए ।

कुनै पनि प्रहरी कर्मचारीले आचरणविरुद्ध कारबाही गरेको खण्डमा छानबिन गरी कडा कारबाही गर्ने प्रतिबद्धता समेत सिंहले लिए ।

हाईवे सुरक्षा व्यवस्थामा भएका सबै इन्चार्जहरुलाई बोलाएर चक्का जाम निषेधित समिति गठन गरी उनीहरुलाई जिम्मेवार बनाउने अभियान चलाउन लागेको बताएका छन् । चिसापानीदेखि गढ्डाचौकीसम्मको राजमार्गलगायत चक्काजाम निषेधित विभिन्न समिति गठन गर्न लागिएको पनि डिआईजी सिंहले बताए । त्यसका साथै पहाडी क्षेत्रका सडकमा पनि सोही किसिमको अभियान चलाउने काम सुरु भएको उनले जनाएको छन् ।

उनले लागूऔषधविरुद्ध लागूऔषधविरुद्धको महाअभियान चलाउन लागेको पनि बताए । उनले धनगढी उपमहानगरसँगको सहकार्यमा अभियान चलाउन लागेको पनि उनले जनाए । उनले अभियानअन्तर्गत विभिन्न विद्यालय र जनतामाझ गएर लागूऔषध प्रयोग गर्नेहरु स्थान र अवस्था पहिचान गरी अगाडि बढ्ने पनि उनले बताए । उनले लागूऔषध नियन्त्रणका लागि उपमहानगरसँगको समन्वयमा पुनर्स्थापना तथा उपचार केन्द्र सञ्चालन गर्ने योजना रहेको पनि बताए ।

सिटि सेक्युरिटी म्यानेज्मेन्टका लागि उनले सबैभन्दा पहिले सहरी क्षेत्रमा हुने गरेका अपराध र घटनाहरुको पहिचान र जानकारी लिँदै काम अगाडि बढाउने जनाएका छन् । प्रहरीको छवि सुधार गर्दै काम गर्नका लागि पनि आफूले विशेष निर्देशन दिएको उनले बताए । उनले कुनै पनि घटनामा प्रहरी नै पहिलो उपस्थिति हुनुपर्ने जनाए ।

कमाण्ड सम्हालेको पहिलो दिनदेखि नै काम सुरु गरेको बताएका छन् । उनले ९ वटै जिल्लाका इन्चार्जहरुलाई बोलाएर १० बुँदे कार्ययोजना बनाएको पनि डिआईजी सिंहले जनाए । सोही कार्ययोजना अनुसार स्पष्ट निर्देशन दिएको पनि डिआईजी सिंहले जनाए ।

उनले आफूले सस्तो लोकप्रियताका लागि कुनै पनि काम नगर्ने बताउँदै, सुरक्षाका आधारभूत कुराहरुलाई पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया