

भरूवा बन्दुकसहित एक जना पक्राउ

धनगढी – कैलालीको चुरेबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाउँपालिका–४ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।
प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

