

पूर्व प्रधानसेनापति कटवालको स्वास्थ्यमा समस्या, चार दिनदेखि आइसियुमा

काठमाडौं – पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् ।
मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
मिर्गौलाको समस्याका कारण उनले नियमित डायलासिस गराउँदै आएका थिए । डायलासिसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दाहाल सरकारले बर्खास्तको निर्णय गरे पनि तत्कालीन राष्ट्रपति यादवले पुनर्बहाली गरेसँगै उनी सेनाको नेतृत्वमा आएका थिए ।

