

‘२३ गतेको लाइसेन्सको परीक्षामा जनशक्ति खटाउन सक्दैनौं’

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २३ गते हुने सवारी चालक अनुमति पत्रको परीक्षामा जनशक्ति खटाउन नसक्ने बताएको छ। ट्राफिक प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गते उपत्यकाका विभिन्न स्थानमा विरोध कार्यक्रम रहेकाले सबै ट्राफिक उता खटाइने बताएको हो।
‘विरोध कार्यक्रममा भीभीआईपीरभीआईपीहरूको आवागमनका कार्यक्रम छन्। त्यसैले धेरै जनशक्ति खटाउनु पर्नेछ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले निकालेको विज्ञप्ति उल्लेख छ।
ट्राफिक प्रहरी महाशाखाले उक्त मितिमा सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगीत गर्न अनरोध गरेको छ। यातायात व्यवस्था विभाग, महानगरीय प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यलयलाई पत्रको बोधार्थ समेत पठाएको छ।

