सुर्खेतमा लागू औषधसहित एकजना महिला पक्राउ


सुर्खेत – वीरेन्द्रनगरमा लागूऔषध ब्राउन सुगरसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्युरो शाखाले गण्डकी लाइन स्थित हिरा बैगारको घरमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनामा माइती घर आएकी २८ वर्षीया मालती बैगारलाई पक्राउ गरेको हो ।

उनीबाट ४४० मिलिग्राम लागूऔषध, ८४ हजार १ सय रुपैयाँ र २ वटा टर्च मोबाइल बरामद गरेको छ । बैगारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया