‘कमेडि च्याम्पियन’को दोस्रो सीजन फागुन २१ गतेबाट


काठमाडौं – ‘कमेडि च्याम्पियन’को दोस्रो सीजन फागुनको २१ गतेबाट शुरु हुने भएको छ । पहिलो सीजन अत्याधिक चर्चित बनेपछि आयोजकले दोस्रो सीजन शुरु गर्न लागेको हो ।

यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रंबार र शनिबार बेलुकी ९ बजे देखि १० बजेसम्म प्रशारण हुने बताइएको छ । दोश्रो सिजन अन्तर्गत अडिसन राउण्ड सकिएको बताइएको छ ।

थ्रि प्रोडक्सनको प्रस्तुतिमा तयार भइरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई लगायत निर्णायकको भुमिकामा देखिनेछन् ।

प्रतिक्रिया