पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


पाल्पा – पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी नजिकै पाल्पाबाट बुटवलका लागि छुटेको ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खसेको हाे ।

न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हाे । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया