लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ


काठमाडाैं – काठमाडौंको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सावारीसाधन चलाउने ६ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा ९२ प १६ ९६ नम्बरका स्कुटर चालक कञ्चनपुर घर भएका बिष्णु बहादुर बिक, प्रदेश ३–०२–०१२ प ९६ ७१ नम्बरका मोटरसाईकल चालक काठमाडौंको असनका राजु श्रेष्ठ, बागमती प्रदेश ०२–०३९ प ७२ ८२ नम्बरका मोटरसाइकल चालक काठमाडौं बस्ने सुरेश बस्नेत पक्राउ परेकाा छन् ।

यसैगरी बा ४७ प २० ७९ नम्बरका स्कुटर चालक काठमाडौंको क्षेत्रपाटीका रिजेन खड्गी, बा ८४ प ६४ २५ नम्बरका स्कुटर चालक टेकुका लुज महर्जन र बा ४९ प ५९ २२ नम्बरका स्कुटर चालक कैलालीको धनगढीका निशान भण्डारी रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० वटा सवारी साधन चेकजाँच गर्दा ६ जनाले लागू औषध सेवन गरेको पाइएको हो।

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया