१२ ग्राम ब्राउन सुगरसहित भद्रपुर विमानस्थलबाट युवक पक्राउ


झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगरसहित युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लमजुङको बेशीसहर नगरपालिका-६ लमजुङ घर भई काठमाडौं महानगरपालिका-५ बसपार्क स्थित मिलन टोलमा डेरा गरी बस्दै आएका २४ वर्षीय युकेन गुरुङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

गुरुङ बुद्ध एयरको विमानबाट काठमाडौं जान बिहीबार साँझ ७ बजे चन्द्रगढी विमानस्थल पुगेका थिए।

विमानस्थलमा खटिएका सुरक्षाकर्मीले यात्रु शाखामा चेकजाँचको क्रममा उनले टाउजरको इँजार रहने प्वालभित्र लुकाइछिपाई राखिएको १२ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।

प्रतिक्रिया