


खुकुरी प्रहार गरी हत्या अभियाेगमा एकजना पक्राउ
सुनसरी – धारिलो हतियार खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या अभियोगमा धरान उपमहानगरपालिका-५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राईलाई प्रहरीले क्रिाउ गरकेो छ । आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको थियो । आरोपी राईले खुकुरी प्रहार गर्दा ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईसमेत घाइते भएकी छन् । उनलाई उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको छ ।
आरोपी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

