
प्रहरी हौं भन्दै लुटपाट गर्ने ६ जना पक्राउ
महोत्तरी – प्रहरी हौं भन्दै लुटपाट गर्दै हिँड्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका- १४ बस्ने २२ वर्षीय निरज साह सोनार, २२ वर्षीय गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा, २० वर्षीय सनम मगर, बर्दिबास नगरपालिका-१२ चल्कीटोलका २२ वर्षीय शैलेन्द्र राउत र जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका-७ जिरोमाईलका १९ वर्षीय दिपक राउत रहेका छन्।
उनीहरूमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
