अनामनगरबाट दिउँसै धनमाल चोरी


काठमाडौं – काठमाडौंको अनामनगरमा आइतबार दिउँसै चोरी भएको छ। काठमाडौं महानगरपालिका-२९ अनामनगरमा डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका ५ घर भएका ४९ वर्षीय महेन्द्र क्षेत्रीको कोठामा चोरी भएको प्रहरीले जानकारी दिएको छ।

क्षेत्रीको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १५ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ। चोरीमा संलग्न फरार ब्याक्तिहरूको खोजी भइरहेको प्रहरीको दाबी छ।

प्रतिक्रिया