सिम्लेमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु


धादिङ – धादिङको सिम्लेमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना भने गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु२ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना६ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया