घाइते सालकलाई उपचारपछि वासस्थानमा छाडियो


जनकपुरधाम – घाइते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपचारपछि जङगलमा छाडिएको छ। टाउकोमा चोट लागेर घाइते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपचारको तीन दिनपछि प्राकृतिक वासस्थानमा जंगलमा छाडिएको हो।

छाडिएको सालक चिनियाँ भएको बताइएको छ। ‘कमिला धमिरा मात्र खाने सालकलाई धरै दिन नियन्त्रणमा लिन नसकिने हुँदा हिँडडुल गर्न थालेपछि चुरे क्षेत्रभित्रको सामुदायिक वनमा छाडिएको डिभिजन वन कार्यालय धनुषाका अधिकृत बेचन चौधरीले बताए।

सालकको स्वास्थ्य अवस्थामा सुधार आएपछि धेर थोर हिँडडुल गर्न थालेपछि जंगलमा छाडिएको हो।

सालकलाई कमला नदीसँगैको जनकनन्दनी गाउँपालिका-४ को खजुरी चनाहा गाउँबाट पुसको पहिला साता प्रहरी तथा संरक्षणकर्मीले उद्धार गरेको मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल जानकारी दिए।

प्रतिक्रिया