ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु


दाङ – ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। दङ्गीशरण गाउँपालिका वडा-१ बाँकीका ५२ बर्षीय रुद्रबहादुर भण्डारीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

बाँकीबाट गोल्टाकुरी तर्फ जाँदै गरेको भे १ त ४०६६ नम्बरको ट्याक्टरबाट भण्डारी खसेका थिए। उनलाई ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

मृतक भण्डारीको शवलाई पोर्टमाटम गर्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया