


चक्रपथ परिक्रमासहित ८ पृतनादेखि किन निस्कँदैछन् नेपाली सेनाका बख्तरबन्द गाडी?

काठमाडौं– काठमाडौंको चक्रपथमा सोमबार राती नेपाली सेनाका बख्तरबन्द गाडीले परिक्रमा गर्ने भएका छन्। यस्तै सेनाका ८ वटै पृतनाबाट पनि बख्तरबन्द गाडी निकालिने भएको छ।
नियमित अभ्यासका लागि सोमबार राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए।
२१ माघमा भने ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने पौड्यालले ट्वीटमार्फत जानकारी दिएका छन्।


