१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ


दाङ – दाङबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया