

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

महेन्द्रनगर – कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन्। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेको हो।
शिक्षा शाखा अधिकृत मञ्जु थापाले सुचना जारी गर्दै अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको र सोही माग अनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको बताएका छन्।
चिसोका कारण विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदाको माग गरेको थियो।

