हावाबाट पाँच सय वाट बिजुली उत्पादन गर्दै भक्तपुर


भक्तपुर – भक्तपुरमा हावाबाट बिजुली उत्पादन हुने भएको छ । जापानी टोलीले गरेको अनुसन्धानको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा हावाबाट पाँच सय वाट बिजुली उत्पादन गर्ने भएको हो ।

यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) आवश्यक सम्पूर्ण सामग्रीहरु बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) को भवनको छतमा यो प्रविधि जडान गर्नैछ ।

कार्यक्रममा जेइएसएका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई आवश्यक सम्पूर्ण सामग्रीहरु हस्तान्तरण गरे । यसका लागि संस्था र कलेजबीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनका अनुसार यो डेमोको रुपमा मात्रै राख्न लागिएको हो । नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ ।

प्रतिक्रिया