

गण्डकी संसदीय दल नेताका लागि पाण्डे र अर्याल भिड्दै

पोखरा – नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ ।
आज भएको मनोनयन दर्तामा गोरखा २ ‘ख’ बाट निर्वाचित केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र स्याङ्जा २ ‘क’ बाट निर्वाचित भोजराज अर्यालको मनोनयन परेको हो ।
पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ छन् । अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ छन् ।
प्रदेशसभा संसदीय दलको नेता छान्न दिउँसो ३ बजेदेखि मतदान हुँदैछ ।

