अस्पतालमै आत्महत्या


काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकको मृत्यु भएको छ । मानसिक रोगी समेत रहेका सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

हाम फालेपछि सोही अस्पतालमा उपचार गराउँदा गराउँदै सोमबार नै मृत्यु भएको जनाइएको छ । घरमा आगोले हात खुट्टा पोलेपछि उपचारका लागि अस्पताल ल्याइएका खड्कालाई उनकी आमाले आइतबार अस्पताल भर्ना गरेकी थिइन् ।

सोमबार बिहान उनकी आमा औषधी लिन गएको बेलामा खडकाले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

प्रतिक्रिया