गण्डकीमा पनि एमाले गठबन्धनको सरकार


पोखरा – केन्द्रीय राजनीति जस्तै गण्डकी प्रदेशमासमेत एमाले गठबन्धन सरकार बन्ने निश्चित भएको छ । एमाले २२ सीट सहित दोस्रो दल बनेको छ भने माओवादीको ८ सीट छ ।

गठबन्धनकै राप्रपासँग २ सीट छ । एकीकृत समाजवादीको १ सीट छ । एमाले र माओवादी सहित राप्रपाको ३२ सीट पुग्छ । गण्डकीमा ३१ सीटले सरकार बन्छ ।

पहिलो दल कांग्रेससँग २७ सीट छ । योसँगै गण्डकीको सत्तामा ३२ सीट र प्रतिपक्षमा २८ सीट हुने पक्का छ ।

प्रतिक्रिया