दलको नेतामा गगन थापाले गराए उम्मेदवारी दर्ता


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

सस्थापन इतर पक्षबाट उनले उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा प्रस्तावक डा। शेखर कोइराला रहेका छन् ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

प्रतिक्रिया