माधव नेपाल अस्पताल भर्ना, सबै किसिमका भेटघाट बन्द


फाइल तस्बिर ।

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

रुघाखोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपाललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । उनको उपचारमा अस्पतालका छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको बताइएको छ ।

संक्रमण फैलनसक्ने जोखिमलाई दृष्टिगत गर्दै चिकित्सकको सुझावअनुसार अस्पतालमा सबै किसिमका भेटघाट बन्द गरिएको पनि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया