रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टिदा चालकको मृत्यु


रोल्पा – तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– १ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रोल्पा अस्पतालले जनाएको छ । नेपालगञ्जका स्थायी बासिन्दा सिंहको शव जिल्ला अस्पतालमा राखिएको छ ।

सहचालक रुपैडियाका १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएको रोल्पा प्रहरीका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । नेपालगञ्ज डिपोबाट तेल बोकेर आएको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया