भूपू गोर्खाको मागबारे लन्डन दूतावासमा दोस्रो चरणको वार्ता सम्पन्न


बेलायत – भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच छलफल भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा प्राविधिक स्तरको दोस्रो वार्ता सम्पन्न भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।

बैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको छ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप(नियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको विभिन्न पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यसअघि गत ३ नोभेम्बरमा बेलायती रक्षा मन्त्रालयमा रक्षाराज्यमन्त्री डा। एन्ड्रिउ मरिसन तथा संयुक्त अधिराज्य ९यूके० का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङसमेतको सहभागितामा पहिलो वार्ता भएको थियो ।

प्रतिक्रिया