लागूऔषध सहित दुई जना पक्राउ


कैलाली – कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया