

सशस्त्र प्रहरी महानिरीक्षक र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा महानिरीक्षक अर्याल र राजदूत थम्पसनबीच भेटवार्ता भएको हो ।
राजदूत भएर आएपछि थम्पसनको महानिरीक्षक अर्यालसँग भएको यो पहिलो भेट हो ।
भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदूतबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

