अब ओभर स्पिड चलाए क्लास लिनुपर्ने


काठमाडाैं – सवारी साधन ओभर स्पिड चलाए अब सचेतना कक्षा लिनुपर्ने भएको छ ।

ओभर स्पिडका कारण धेरै सडक दुर्घटना भएकाले मंसिर १५ देखि सचेतना कक्षा सुरु गर्न लागिएको काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालयलेका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

‘दुर्घटना हुदाँ ओभर स्पिड भयो भने मृत्यु हुने सम्भावना उच्च हुन्छ । त्यसकारण हामीले यो अभियान सुरु गरेका हौं,’ उनले भने ।

त्यस्तै सवारी साधनमा बम्पर गार्ड राखे पनि कारवाही गरिने उनले जानकारी दिए । ‘सवारी दुर्घटना हुँदा बम्परमा रहेको सेन्सरले एयर ब्याग खुल्छ र मान्छेको ज्यान जोगिन्छ । तर बम्पर गार्ड भएन भने दुर्घटना हुँदा पनि एयर ब्याग खुल्दैन त्यसकारण हामीले यसमा कडाइ गर्न लागेका हौं,’ उनले भने ।

त्यसै गरी, ट्राफिक कार्यालयले ध्वनी र वायू प्रदूषण गर्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने काम जारी रहेको उनले बताए ।

प्रतिक्रिया